• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

यात्रुबाहक बस दुर्घटनामा चारको मृत्यु, ३२ घाइते



सर्लाहीको फुलजोर भन्ने स्थानमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार चार जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोरमा दुर्घटना हुँदा चारको मृत्यु भएको जनाइएको छ ।

आइतबार ना४ख ८५५५ नम्बरको यात्रुवाहक बस वीरगञ्जबाट जनकपुरतर्फ जाँदै थियो । फुलजोर खोलमा बनेको साँघुरो पुलमा टाटासुमोलाई साइड दिने क्रममा बस पुलबाट खसेको थियो ।

बसमा सवार ३२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत भइसकेको छैन ।