१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की



file
अ+ अ-

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उहाँले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको हो ।

समाजमा विभिन्न धर्मालम्बीहरुको बसोबास भएकाले मन्दिरका कारण भेदभाव नगरी समाजिक सद्भाव कायम गर्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्री कार्कीले धर्मका नाममा कृतिमरुपले अनेक किसिमका विवाद सिर्जना गरिए पनि आखिर मानव जातिको एउटै लक्ष्य सुःख शान्ति र मृत्युपछि मोक्ष प्राप्ति नै रहेकाले विभेदको औचित्य नभएको बताउनुभयो ।

कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, भोक्राहा नरसिंह–२ का वडाध्यक्ष आलम अन्सारी, ४ का वडाध्यक्ष हारुन अन्सारी र कांग्रेसका गाउँस्तरीय सभापति युवराज दाहाललगायतको सहभागिता थियो ।