२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति, ओली र दाहालसंग छुट्टा छुट्टै भेट गर्दै



अ+ अ-

काठमाडौ । तीन दिवसीय नेपाल भ्रमण रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

उहाँले आज बिहान ९ः३० मा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निबासमा शिष्टाचार भेट गर्नुहुने छ । राष्ट्रपति संगको भेटघाट पछि विदेशमन्त्री यीले बिहान ११ बजे होटल मेरियटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गर्नुहुनेछ । सो अवसरमा अध्यक्ष ओलीको टोलीमा उपाध्यक्षसहित सात सदस्य रहनुहुने बताइएको छ ।

एमाले अध्यक्ष ओली पछि उहाँले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग छलफल गर्नुहुने छ । विदेशमन्त्री यी शुक्रबार काठमाडौँ आइपुग्नुभएको हो । उहाँ आईतबार चीन फर्कनु हुने छ ।