• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

एमालेविरुद्ध मोर्चा कसेर आउन सबै दललाई ओलीको चुनौति



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिनुभएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिदैनँ भन्नेकुरा बुझेपनि सबै मिलेर एमालेसँग लड्न सकिदैन भन्ने कुरा चाहीँ नबुझेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरुलाई साथमै लिएर गएपनि एमालेलाई फरक नपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरुको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो – ‘शेरबहादुर देउवाजीले सही बुझे । आधा सहि बुझे । एक्लै एमालेसँग लड्न सकिदैन भन्ने बुझे । आधा के बाँकी रह्यो भने सबै मिलेर पनि एमालेसँग लड्न सकिँदैन भन्ने चाहीँ बुझेनन् । त्यतिचाहीँ बाँकी रह्यो । एक्लै त सकिदैन, सकिदैन । सबै मिलेपनि सकिदैनँ । पाँच वटाले पुग्दैन भने दर्ता भएका जति सबै दल साथमै लिएर गएपनि हुन्छ । ति सबै दल मोर्चा कसेर एमालेका विरुद्ध आएपनि हुन्छ । यिनीहरुको मोर्चा भनेको हलोमा लाग्ने लुँडी जस्तो हो । झारपातहरुको मोर्चा ।’

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफुले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो । मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो । डल्लाका डल्ला साबन खर्च भयो । धुँदाधुँदा । हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा, साबन लाउँदा लाउँदा ।

मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है । युवाहरुले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि राम्रा सुखका दिन ल्याउनका लागि जनवादी शासन समादवादी शासन आउँछ भन्नका लागि ति देखाएका सपना । युवाहरुको गल्ती के भयो भने प्रचण्डजस्तालाई पत्याए । अलि अलि त मैले त पत्याएँ । सपार्न सकिन्छकि जस्तो आँट आयो क्या मलाई । सकिन्छ होला भनेर मैले पनि कोशिस गरिहेरेँ । अन्तिममा त जहाँको त्यहीँ ।’

अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरुले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भुमिका खेल्नुपर्ने बताउनुभयो । मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।