४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीविरोधी नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने



अ+ अ-

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा रहेका नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । एमसीसीको विरोधमा सुरुदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले भोलि शुक्रबार जनसभा आयोजना गर्दैछन् । 

खुलामञ्चमा हुने जनसभामा सत्ता साझेदार दलमध्येका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुले समेत सम्बोधन गर्ने बताइएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रमु्ख प्रतिपक्षी नेकपा (एमाले) का नेता भीम रावलले पनि जनसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँहरु सबै एमसीसीको विरोधमा हुनुहुन्छ । 

जनसभामा सत्ता गठबन्धनबाट बाहिरिएको संयुक्त जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरूले पनि जनसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।