• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सांसद साहमाथि आक्रमण, उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौं । सर्लाहीको इश्वरपुरमा भएको दुई पक्षीय झडपमा परी घाइते भएका जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका लागि सांसद साहलाई काठमाडौं ल्याइएको हो ।

इश्वरपुर नगरपालिका–६ बयलबासमा दुई पक्षबीच भएको झडपमा सांसद साह र उनलाई बचाउने क्रममा सुरक्षा गार्ड घाइते भएका थिए । सांसद साहको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले उपचारका लागि काठमाडौं ल्याइएको बताइएको छ ।

सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए । दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो ।

घटनापश्चात प्रहरीले भीडलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको छ ।