७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

नेपाली काँग्रेसमा सुकिला–मुकिलाको नेतृत्व

नेपाली काँग्रेसमा सुकिला–मुकिलाको नेतृत्व
अ+ अ-

काठमाडौं । कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै काँग्रेसमा सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व खड्किएको छ । पार्टीमा त्याग गरेका योग्य र क्षमतावान कार्यकर्ताहरु ओझेलमा छन् भने ठेक्का, पट्टा र व्यवसायीक पृष्ठभूमिका मानिसहरु नेतृत्वमाथि हाबी हुँदै गएको आम काँग्रेसीको बुझाई छ ।

काँग्रेसका संस्थापक बिपीले भन्नुभएको त्यो बेलामा भन्नुभएको कुरा कताकता आज पनि सान्दर्भमा मेल खाइरहेको छ । बिपीको दूरदर्शिताका बारेमा प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले त्यो बेला बताउनुभएको कुराहरु सम्झँदै सुकिला–मुकिलाले काँग्रेसको नेतृत्व लिने र पार्टीका लागि मरिमेट्ने योद्धाहरु पछि पर्ने बताउनुभयो ।

काँग्रेसमा अहिले देखिएको राजनीतिक अवस्थालाई नियाल्दा बिपीले त्यो बेलामा भनेका कुराहरु उहाँ सम्झनुहुन्छ । प्रजातन्त्रको रक्षाका लागि इमान्दार कार्यकर्ताहरुले सुकिला–मुकिलाहरुको विरुद्धमा आन्दोलनको झण्डा उठाएपछि मात्रै पार्टीका लागि आफ्नो जीवन सुम्पिएकाहरुले पार्टीमा स्थान पाउने कुरा बिपीले त्यही बेलामा गरेको कुरा कायस्थले यसरी सुनाउनुभयो ।  

बिपीले भन्नु भएको थियो, ‘भविष्यमा यो पार्टीमा सुकिला मुकिलाको हाबी हुनेछ, इमान्दार कार्यकर्ताहरु पनि छन्, तर भोलि त्यही पुराना इमान्दार समर्पित कार्यकर्ताहरुले तिनकाविरुद्धमा विद्रोह गर्नुपर्छ, अनि मात्र पार्टीलाई सही बाटोमा ल्याउन सकिन्छ ।’

काँग्रेसका संस्थापक बिपीले भन्नुभएको जस्तै नेपाली काँग्रेसका पूर्व सांसद लेखनाथ न्यौपाने पार्टीको अहिलेको अवस्था त्यो बिपीको वचनभन्दा फर देख्नुहुन्न । अहिले नेपाली काँग्रेसका नेतृत्व तहका नेताहरुले नै आफ्नो नैतिकता बेचिरहेको उहाँको बुझाइ छ । काँग्रेस, कम्युनिष्ट, राप्रपा जति पार्टी भएपनि इमान्दारितापूर्वक काम नगरेको गुनासो पोख्दै उहाँले अहिलेका नेतामा तैँले भन्दा धेरै पैसा मैले खर्च गर्नसक्छु भन्ने घमण्ड पालेको बताउनुहुन्छ ।

बिपीले भन्नुभएको कुरा पूर्व सांसद न्यौपानेले यसरी सम्झनुभयो, ‘अहिले पार्टीका हरेक निकायमा सुकिला मुकिला नै हावी त छन् नी । अपवादलाई छोड्ने हो भने इमान्दार कार्यकर्ताले कही कतै स्थान पाएका छैनन् । पैसावालहरु हाबी हुदै गएकाले पार्टीमा नैतिकताको राजनीति कमजोर हँुदै गएको छ । यो प्रवृति रोक्न सकिएन भने काँग्रेस संकटमा पर्नेछ ।’

यति बेला काँग्रेस दुःख पाएका इमान्दार योग्य कार्यकर्तामाथि न्याय नभएको अवाज उठिरहेको छ । स्वार्थ समूह पार्टी र सरकारमा हाबी हुँदै गएपछि आम कार्यकर्ताहरुले सुकिला मुकिलाबाट अपमानीत महशुस भइरहेको बताइरहेका छन् । काँग्रेसमा अहिले पार्टीमा माफियाहरुले कब्जा गरेको भन्दै राजनीतिक विश्लेषक डा। विनोद भट्टराईले यसरी नेपाली काँग्रेसका संस्थापक नेता बिपी र उहाँको नेतृत्वमा स्थापना भएको नेपाली काँग्रेस पार्टीको अहिलेको अवस्थाको चर्चा गर्नुभयो ।

बिपीलाई सम्झँदै राजनीतिक विश्लेषक भट्टराईले भन्नुहुन्छ, ‘बिपीले सुकिला मुकिला भनेको भेष्टेड इन्ट्र«ष्ट विकास हुँदै जान्छन् । तिनीहरुले पार्टीका तलदेखि माथिका निकाय कब्जा गर्दै जान्छन् । जुन मैले तपाईलाई भने मठाधीस, माफिया, दुई नम्बरीहरुले पार्टीको संयन्त्रमा कब्जा गर्छन् । नेताहरुलाई नियन्त्रण गर्छन् । खरिद गर्छन् । आफ्नो स्वार्थ पूरा गर्नका लागि पार्टीलाई उपयोग गर्छन् । त्यसलाई रोक्नका लागि इमान्दार कार्यकर्ताहरु सचेत हुनुपर्छ भनेर बिपीले भन्नुभएको छ । हाम्रो पार्टीमा कहीँ कतै त्यस्तो प्रवृत्तिलाई रोक्न सकिएको छैन । अहिले पार्टीमा साठी÷सत्तरी प्रतिशत इमान्दार मानिस छन् तर तन्नम अवस्थामा छन् । आर्थिक रुपले जर्जर । तिनीहरु चुनाव लड्न सक्ने अवस्थामा छैनन् । चुनाव लड्नु प¥यो भने भएको घर खेत बेच्नु पर्ने अवस्थामा छन् । जसले दुःख गरे, जेल नेल खाए, पार्टीलाई यो अवस्थामा ल्याउन अत्यन्त दुःख गरे उनीहरु कमजोर छन् । तिनैले जित्छन् जो माफिया छन्, ठेकदार छन् । यो प्रवृत्ति रोकिएन भने दुर्भाग्यपपूर्ण अवस्था आउन सक्ने म देख्दै छु ।’  

बिपीले भने जस्तै यो महाधिवेशनले पार्टी सुकिला मुकिलाको प्रभावबाट मुक्त हुन सक्छ की सक्दैन भन्ने हेर्न भने महाधिवेशनको परिणामसम्म कुर्नै पर्ने हुन्छ ।