७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

काँग्रेसमा नयाँ बहस: आफ्नै निर्वाचन क्षेत्रमा पराजितलाई कसरी सभापति बनाउने ?

काँग्रेसमा नयाँ बहस: आफ्नै निर्वाचन क्षेत्रमा पराजितलाई कसरी सभापति बनाउने ?
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस चौधौँ महाधिवेशनको संघारमा छ । यतिबेला सबैको कौतुहल कांग्रेसको केन्द्रीय नेतृत्व कस्तो आउला भन्नेमै छ । महाधिवेशनका लागि वडास्तरको सकिएर अहिले पालिकाको निर्वाचन चल्दै छ । ७० बर्ष लामो लोकतान्त्रिक इतिहास बोकेको नेपाली काँग्रेसभित्र पुस्तान्तरण देखि रुपान्तरणसम्मका वहसहरु तीब्र रुपमा चलिरहेको छ । 

मुख्य सवाल के हो भने यति लामो इतिहास र लोकतान्त्रिक परम्परा बोकेको काँग्रेस पार्टीको माउ भूमिकामा कस्तो व्यक्ति आउनुपर्छ भन्ने हो । अन्तिममा काँग्रेस सभापतिमा कति जना उम्मेदवार खडा हुने हुन् अहिल्यै भविष्यवाणी गर्नु हतार हुनेछ । आफ्नै नेतृत्वमा पार्टीलाई पहिलो शक्ति बनाउने, ससक्त र बलियो कांग्रेस पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने आकांक्षासहित वर्तमान पार्टी सभापति शेरबहादुर देउवा अघि बढिसक्नु भएको छ । कांग्रेसको सभापतिका लागि दोस्रो कार्यकाल स्वभाविक दावेदारी हो । जिल्ला–जिल्लामा महाधिवेशनको माहौल तात्दै गर्दा सभापतिमा देउवा बाहेक केही नेताहरु उम्मेदवारी घोषणा गर्न प्रतिस्पर्धा गरिरहेको देखिन्छ । 

रामचन्द्र पौडेल, डा.शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकासमानसिंह र कल्याण गुरुङलेसमेत पार्टी सभापतिको उम्मेदबार बन्ने प्रतिस्पर्धामा आफुलाई उतारेका छन् । एउटा बुझनुपर्ने कुरा के हो भने संसदीय लोकतान्त्रिक प्रणाली अंगालेका मुलुकका लागि राजनीतिक दल र संसदीय निर्वाचन महत्वपूर्ण पक्ष हो । अझै सबै तह र तप्काका जनताको मन जितेर सत्तामा पुग्ने र जनसेवा गर्नका लागि संसदीय निर्वाचन त एउटा ठूलो अवसर हो । यसैबाट नै जनआधारको पत्तो लाग्दछ ।   

तर दुखद् संयोग नै भन्नुपर्छ कांग्रेस जस्तो संसदीय लोकतन्त्रको हिमायती पार्टीमा आफ्नै निर्वाचन क्षेत्रमासमेत चुनाव हारेका नेताको झन् चर्को स्वर सुनिन थालेको छ । गत संसदीय चुनाबमा आफ्नै निर्वाचन क्षेत्रमा असफल रामचन्द्र पौडेल, शेखर कोइराला र विमलेन्द्र निधिले कांग्रेस सभापतिमा प्रतिस्पर्धा गर्ने नैतिक आधार कति रहला ? अझै संसदीय चुनाव हारेका अनि पार्टीमा मनोनीत उपसभापतिको हैषियतमा रहेका व्यक्तिले नै चुनौती खडा गर्नु त झन् अनौठो बिषय बनेको छ । पार्टी सभापति देउवासंगै प्रतिस्पर्धामा उत्रने रणनीतिमा लागेका निधिले त झन् उनैबाट मनोनित उपभासभापतिबाट राजिनामा दिने न्यूनतम् नैतिकता पनि देखाएका छैनन् । 

यतिको लामो इतिहास बोकेको पार्टीमा आफ्नै निर्वाचन क्षेत्रमा हारेका व्यक्ति पार्टी सभापतिमा लड्न कुन नैतिक धरातलले दिन्छ ? जब की संसदीय लोकतन्त्रमा जनअनुमोदन न्यूनतम् शर्त हो । शेखर कोइरालाले त क्रान्तिको विगुल फुकेको विराटनगर जस्तो ठाउँमा पनि आफ्नो विरासतसमेत थाम्न सकेनन् । उनलाई विराटनगरका जनताले नै रुचाएनन् । काँग्रेसको गढ मानिने तनहँँुमा पौडेललाई हराउन किसान श्रेष्ठ नै काफी भए । यता निधिले जनकपुरमा राजेन्द्र महतोसँग प्रतिस्पर्धा गर्ने हैषियतसम्म देखाउन सकेनन् । आफ्नै निर्बाचन क्षेत्रमा चुनाव जित्न नसकेका नेताले ७० बर्ष इतिहास बोकेको जिवन्त पार्टीको नेतृत्व कसरी समाल्न सक्छन् भन्ने प्रश्न निसन्देह उठ्छ । 

दुखद संयोग नै भन्नुपर्छ, पौडेल, कोइराला र निधिको स्वार्थ लिप्साका कारण कांग्रेसमा विगतमा गुटहरु जन्मेका थिए । गुटकै आधारमा अवसरहरु उपभोग गर्ने दुषित मनस्थितिका कारण आज पनि कांग्रेस आक्रान्त छ । उनीहरुले भावि पुस्ताका लागि कस्तो नजिर बसाउलान् ? निश्चय नै संसदीय चुनाव हारेका नेता पार्टी सभापति भए भने तिन्ले लोकतन्त्रको गलत नजिर  बसाउने छन् । गलत परम्परा बस्ने छ । यो कुरा पनि निश्चित छ की जनमत भन्दा नीजि स्वार्थ सिद्धीका लागि गरिने कर्मले कुनै हालतमा कांग्रेसको विचार र सिद्धान्त  पक्षपोषण गर्न सक्दैन । अन्ततः आफै अवसरवादमा परिणत हुने खतरा रहन्छ । 

नेतृत्व हस्तान्तरण जनअनुमोदित अनि विधिवत र प्रक्रियागत रुपमा हुनुपर्छ । तब मात्र थिति बसाउन सकिन्छ । आफ्नै गृह जिल्लामा तिरस्कृत भएका व्यक्तिले संस्थागत परम्परा विकास हुन असंभव छ ।

 देउवा, जो अहिलेसम्मका हरेक चुनावमा भारी मतले विजयी हुदै आएका छन् । कांग्रेसले पराजय भोगेको २०५१ र २०६४ को कठिन चुनावमा पनि देउवाले उत्साहजनक मतले विजय हासिल गरेका थिए । तसर्थ नेता बन्ने वा पार्टीको नेतृत्वमा पुग्ने नेताले जनताको अनुमोदन गर्नै पर्छ । आफ्नै निर्वाचन क्षेत्रमा चुनाव जित्न धुलमुल हुने व्यक्ति कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको सभापति बन्न सम्भव छैन ।

 त्यसैले अहिले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी गरेका कतिपय नेताहरु सभापतिको न्युनतम योग्यता पनि पुरा गरेका छैनन् भन्ने सकिने अवस्था छ । कांग्रेस सभापति भावी प्रधानमन्त्री हुन्छ । तसर्थ कांग्रेसभित्र जनताले रुचाएको र सबै तह र तप्काले भरोसा गर्न सक्ने व्यक्ति पार्टी सभापति बन्नु पछ, त्यो पात्रा अहिले र्निविवाद शेरबहादुर देउवा हुन् । उनलाई साथ दिएर अघि बढे पार्टी र लोकतन्त्र दुवै मजवुत हुन्छ ।

त्यसैले नेपाली काँग्रेसका देशैभरिका नेता तथा कार्यकर्ताहरुमा यतिखेर नयाँ बहसको थालनी भएको छ– के आफ्नै निर्वाचन क्षेत्रमा त विजय हुन नसक्नेले काँँग्रेसजस्तो पार्टीको सभापति बन्न सक्छन् ? अनि अघिल्लो निर्वाचन भनेको नेपालको इतिहासमा नेपाली काँग्रेसका लागि एक कठिन परिस्थिति थियो । किनभने यो निर्वाचनमा देशभरका कम्युनिष्ट पार्टीहरु एक भएका थिए । उनीहरु अरुका लागि होइन कि काँग्रेसका विरुद्धमा एक थिए । उनीहरुको उद्देश्य नै काँग्रेस हराउने थियो । त्यस्तो कठिन परिस्थितिमा जो जसले काँग्रेसको बीउ जोगाए तिनीहरुलाई प्रभावका रुपमा मान्नु र हेर्नुपर्छ । अनि पार्टीलाई त्यस्तो अप्ठेरो परेका बेलामा आफूलाई जोगाउन नसक्नेलाई कसरी पार्टी महाधिवेशनमा सभापति मान्न सकिन्छ ? अनि उनीहरुलाई कसरी मत दिने भनेर पार्टी पार्टीभित्र व्यापक बहस चलेको छ ।