२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका विदेशमन्त्री वाङ शिबपुरी पदयात्रामा,आजै औपचारिक भेटवार्ता



अ+ अ-

काठमाडौँ । तीन दिवसीय नेपाल भ्रमण रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले आज औपचारिक भेटघाट गर्दे हुनुहुन्छ । विदेशमन्त्री यीले आज नेपाली समकक्षी परराष्ट्रमन्त्री डा नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

यसअघि उहाँ बिहानै शिवपुरी हाइकिङमा जानुभएको छ । त्यसपछि दिउँसो उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।

उहाँलेआइतबार बिहान ९ः३० मा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन बिहान ११ बजे विदेशमन्त्री यीले होटल मेरियटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गर्नुहुनेछ । सो अवसरमा अध्यक्ष ओलीको टोलीमा उपाध्यक्षसहित सात सदस्य रहनुहुने बताइएको छ ।

एमाले अध्यक्ष ओली पछि उहाँले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग छलफल गर्नुहुने छ । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । विदेशमन्त्री यील शुक्रबार काठमाडौँ आइपुग्नुभएको हो । उहाँ आईतबार चीन फर्कनु हुने छ ।