२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले पाँचौँ बिम्स्टेक सम्मेलनलाई बुधबार सम्बोधन गर्ने



प्रधानमन्त्री शेर बहादुर देउवा
प्रधानमन्त्री शेर बहादुर देउवा
अ+ अ-

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, मुख्यसचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का यही चैत १५ गते श्रीलङ्काको कोलम्बोमा हुने बिम्स्टेकको १८ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुहुनेछ । त्यहाँ रहँदा उहाँले बिम्स्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । बैठकमा भाग लिन मन्त्री खड्का यही चैत १४ गते कोलम्बो प्रस्थान गर्ने तथा चैत १७ गते काठमाडौँ फर्कनुहनेछ ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख घनश्याम भण्डारीे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही चैत १४ गते हुने बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २२ औँ बैठकमा शारीरिक रूपमा सहभागी हुनेछ ।

पाँचौँ बिमस्टेक शिखर सम्मेलन र त्यसअघिका बैठकहरू कोलम्बोमा चैत १४ देखि १६ ‘हाइब्रिड’ ढाँचामा आयोजना हुँदैछ । यस वर्षको शिखर सम्मेलनको नारा ‘स्वस्थ्य जनता,उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ रहेको छ । रासस