२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा तीन दिवसीय नेपाल भ्रमणका क्रममा स्टेट काउन्सिलर तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यी काठमाडौँ आइपुग्नुभएको छ । सोमबार पाकिस्तान पुग्नुभएका विदेशमन्त्री यी भ्रमणका सिलसिलामा भारत हुँदै शुक्रबार नेपाल आइपुग्नुएको हो ।

उहाँको भ्रमण टोलीमा २५ सदस्य रहेका छन् । नेपालमा रहँदा उहाँ द्वारिका होटलमा बस्नुहुनेछ । उहाँको औपचारिक कार्यक्रम भोलि शनिबारदेखि सुरु हुनेछ ।

शनिबार बिहान उहाँले आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री डा खड्कासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । यसअघि उहाँ बिहानै शिवपुरी हाइकिङमा जानुहुनेछ । त्यसपछि दिउँसो उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।

आइतबार बिहान ९ः३० मा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन बिहान ११ बजे विदेशमन्त्री यीले होटल मेरियटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गर्नुहुनेछ । सो अवसरमा अध्यक्ष ओलीको टोलीमा उपाध्यक्षसहित सात सदस्य रहनुहुने बताइएको छ ।

सोही दिन उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि द्विपक्षीय भेट गर्नुहुनेछ ।सनिबार बिहान उहाँ शिवपुरी हाइकिङ गर्नुहुनेछ ।

यसअघि पनि यीले नेपाल भ्रमणका क्रममा चन्द्रागिरिको हाइकिङ गर्नुभएको थियो । दिउँसो उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।