५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीको कार्यक्रम यस्तो छ



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा तीन दिवसीय नेपाल भ्रमणका क्रममा स्टेट काउन्सिलर तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीका कार्यक्रम यस्ता रहेका छन् ।

शनिबार उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यसपछि उहाँले आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री डा खड्कासँग आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

आइतबार बिहान ९ः३० मा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन बिहान ११ बजे विदेशमन्त्री यीले होटल मेरियटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गर्नुहुनेछ । सो अवसरमा अध्यक्ष ओलीको टोलीमा उपाध्यक्षसहित सात सदस्य रहनुहुने बताइएको छ ।

सोही दिन उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि द्विपक्षीय भेट गर्नुहुनेछ ।

आइतबार बिहान उहाँ शिवपुरी हाइकिङ गर्नुहुनेछ । यसअघि पनि यीले नेपाल भ्रमणका क्रममा चन्द्रागिरिको हाइकिङ गर्नुभएको थियो ।

दिउँसो उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणमा रहँदा उहाँ द्वारिका होटलमा बस्नुहुने जनाइएको छ ।