५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीजेको आयुक्तमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पुनः निर्वाचित



file
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे)को आयुक्तमा पुनः निर्वाचित हुनुभएको छ ।

प्रधानन्यायाधीशबाट अवकाशपछि उहाँ यसअघि २०७३ पुसमा पहिलो पटक आयुक्तमा निर्वाचित हुनुभएको थियो ।

दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ आयुक्तमा पुन निर्वाचित हुनुभएको हो । स्विट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईसीजेमा लब्धप्रतिष्ठित न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरू रहन्छन् ।

सन् १९५२ मा स्थापित आईसीजेले न्यायाधीश र वकिलहरूको स्वतन्त्रता, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सम्मान, व्यापार र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । त्यस्तै संस्थाले महिला मानव अधिकार, विश्वव्यापी सुरक्षा र कानुनको शासनलगायत क्षेत्रमा काम गर्दछ ।