१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीजेको आयुक्तमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पुनः निर्वाचित



file
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे)को आयुक्तमा पुनः निर्वाचित हुनुभएको छ ।

प्रधानन्यायाधीशबाट अवकाशपछि उहाँ यसअघि २०७३ पुसमा पहिलो पटक आयुक्तमा निर्वाचित हुनुभएको थियो ।

दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ आयुक्तमा पुन निर्वाचित हुनुभएको हो । स्विट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईसीजेमा लब्धप्रतिष्ठित न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरू रहन्छन् ।

सन् १९५२ मा स्थापित आईसीजेले न्यायाधीश र वकिलहरूको स्वतन्त्रता, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सम्मान, व्यापार र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । त्यस्तै संस्थाले महिला मानव अधिकार, विश्वव्यापी सुरक्षा र कानुनको शासनलगायत क्षेत्रमा काम गर्दछ ।