२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका विदेशमन्त्री वाङ यी होटल द्वारीकामा बस्ने , मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान लगायत झण्डै एक दर्जन बिषयमा सम्झौताको तयारी



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा स्टेट काउन्सिलर तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीले नेपाल आउदै हुनुहुन्छ। विदेशमन्त्री यी भारत हुँदै दिउँसो ३ बजे  काठमाण्डौ आईपुग्नु हुने छ ।

नेपालमा रहदा उहाँको बसाई बत्तिसपुलतीमा रहेको होटल द्वारीकामा हुने स्रोतले जनाएको छ । विदेशमन्त्री यीले सनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने छ ।

यसैगरीपराराष्ट्रमन्त्री डा खड्का र विदेशमन्त्री यीले सनिबार गते आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्नुहुनेछ । विदेशमन्त्री यी होटल द्वारीकामा नै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान,दासढुङा नारायणगढ कोरिडर आयोजना सहित केही बिषयहरुमा सम्झौता हुने जनाईएको छ । यसै गरी चीनले नेपाललाई उपलब्ध गराउदै आएको सहयोग रकममा बृद्धि गर्ने , विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका सन्दर्भमा छलफल हुने जनाईएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच १९ वटा सहमति तथा सम्झौता भएको थियो ।सरकारी भेटवार्ताका क्रममा नेपाल सरकारले नेपाल र चीनबीच सीमा समस्या रहेको सार्वजनिकरुपमै कुरा उठाएपछि विदेशमन्त्रीको भ्रमणका क्रममा सो विषयमा पनि छलफल हुने उच्च स्रोतले जनाएको छ ।

दुई मुलुकबीच चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण, सीमा व्यवस्थापन प्रणाली जस्ता विषयमा सहमति तथा सम्झौता भएको थियो ।

यसै गरी भरतपुर क्यान्सर अस्पतालमा सहयोग ,चीनमा विकासे घांस निर्यातबारे समझदारी हुने र कोरोनका कारण चीनमा अध्यायन गरिरहेका नेपाली बिद्यार्थीहरु लाई फर्कन सहज बनाउने बारे पछि सहमति हुन सक्ने स्रोतले जानकारी दिएको छ ।