३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पकमल दाहालद्वारा चितवनमा चेपाङ नमूना बस्तीको उद्घाटन



अ+ अ-

चितवन । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद समेत रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सोही ठाउँमा पुगेर बस्तीको उद्घाटन गर्नु भएको हो ।

उद्घाटनका लागि पुग्नु भएका अध्यक्ष दाहालसहितका जनप्रतिनिधिहरुलाई स्थानीयले भव्य रुपमा स्वागत गरेका थिए । कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङ बस्तीहरुबाट विस्थापित र स्थानान्तरित भई आएका चेपाङहरुको निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट नमूना चेपाङ बस्ती कार्यक्रम अनुसार ४१ घर परिवारको आवास निर्माणको काम पूरा भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो चेपाङ बस्तीलाई सहकारीको माध्यामबाट आत्मनिर्भर बनाउन लागिपर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सो बस्ती उद्घाटन गर्ने अवसर आफूलाई प्राप्त भएकोमा खुशी व्यक्त गर्दै त्यस वरपरका ठाडो खोलाहरुको तटबन्ध निर्माणका लागि पनि आफूले सकेको सहयोग गर्ने आश्वासन दिनुभयो ।

अध्यक्ष दाहालले चितवनका सबै क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको कुरा स्थानीयलाई राम्ररी थाहा भएको पनि बताउनुभयो ।