१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेँसीबाट लेक पुगे भेँडाका बथान



file photo
अ+ अ-

लमजुङ । चिसो बढ्न थालेसँगै गत असोज/कात्तिकमा लेकबाट बेँसी ल्याइएका दर्जनौ भेँडी गोठका भेँडाबाख्रा गर्मी बढेसँगै पुनः चरण क्षेत्र लेक तथा उच्च हिमाली भेगमा पुगेका छन् ।

जाडो छल्न जिल्लाका विभिन्न स्थान तथा बेँसी ल्याइएका घुम्ती भेँडीगोठ यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पु¥याएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेँडीगोठ रहेका र ती सबै बेँसीबाट चरण क्षेत्र लेकमा पुगिसेका छन् ।”

सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौँली चलन तथा पेसाका रुपमा भेडिगोठलाई हेरिन्छ । भेँडीगोठ वर्षेनी छ महिना लेक र छ महिना बेँसीमा राख्ने गरिन्छ । भेँडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेँडीगोठालाको भनाइ छ ।

अधिकांश भेँडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेँडीगोठ भने बेँसीमै रहेको स्थानीय दिर्घराज घलेले बताउनुभयो । उहाँका अनुसार घलेगाउँका दुई भेँडीगोठ रहेका छन् । जेठ महिनामा मात्र लेक जाने यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठुले लेकमा पुग्ने गर्दछन् ।

बेँसीमा रहेका बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेँडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन् । वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । त्यस्तै वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ ।

मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो । त्यस्तै उहाँका अनुसार वार्षिक घुम्ती भेँडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको छ । रासस