७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयोः पूर्वप्रशासक

संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयोः पूर्वप्रशासक
अ+ अ-

काठमाडौं । संघीय निजामती सेवा विधेयक नकारात्मक सोचका साथ आएको पूर्व प्रशासकहरुले बताएका छन् ।मंगलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवा विधेयक, २०८०का विषयमा भएको छलफलमा बोल्दै पूर्वप्रशासकहरुले यस्तो बताएका हुन् ।

उनीहरुले संघीय निजामती सेवा विधेयक संघीयताको मर्म अनुरुप नआएको भन्दै संघीयता अनुरुपको बनाउन आवश्यक रहेको बताए ।

पूर्वप्रशासकहरुले संघीय निजामती सेवा विधेयक पुरानै एकात्मक शासन प्रणालीको मानसिकतामा बनेको भन्दै परिमार्जन गर्न आवश्यक रहेको बताए ।उनीहरुले संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीहरुको वृद्धि विकास मात्रै नभएर जनता केन्द्रित उत्तरदायित्वमा लाग्ने गरी ऐन बनाउनुपर्नेमा सरकार चुकेको दाबी गरे ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले संघीय निजामती सेवा विधेयक नकारात्मकता एप्रोजमा आएको बताउनु भयो । उहाँले कर्मचारीको वृद्धि विकास र सुरक्षाको कुरा मात्रै गर्ने तर कर्मचारी जनताप्रति पारदर्शीता,उत्तरदायित्व र जवाफदेहिता कसरी बनाउने बन्ने विषय समावेश नभएको बताउनु भयो । उहाँले निर्वाचित भएर आउने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीचको सम्बन्ध कसरी स्थापित गर्ने भन्ने विषय ऐनमा समावेश हुनुपर्नेमा जोड दिनुभयो । उहाँले  ऐनमा एउटा दफा नै जवाफदेहीता पारदर्शीताको राख्न सक्नु पर्ने बताउनु भयो ।

उहाँले मुलुक संघीयतासँगै तीन तहका सरकार रहेकाले कर्मचारीले उत्तरदायित्व वहन गर्नुपर्ने धेरै ठाउँ रहेको भन्दै कर्मचारीहरुले वहन गर्नुपर्ने उत्तरदायित्वको विषयमा स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले विधेयक सकारात्मक एप्रोजमा जानुपर्ने बताउनु भयो । उहाँले प्रशासनिक प्रक्रियामा नागरिकहरुको स्वामित्व स्थापित गर्नेगरी ऐन बन्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारी कर्मचारी नागरिकलाई सर्भिस डेलिभरीमा लाग्ने ऐनमार्फत वातावरण बनाउन सुझाव दिनु भयो । उहाँले कर्मचारी बढुवा लोक सेवाले योग्यताको परिक्षण गरेर बनाएको लिस्टबाट सचिव हुनुपर्ने व्यवस्था गर्न सुझाव दिँदै अहिलेको जस्तो भद्रगोल रुपमा सचिव हुन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ संघीय निजामती सेवा विधेयक, २०८० नकारात्मकता एप्रोजमा आएको छ । कर्मचारीको वृद्धि विकास र सुरक्षाको कुरा मात्रै गर्ने तर कर्मचारीबाट जनताले के पाउने,जनताप्रति पारदर्शीता,उत्तरदायित्व र जवाफदेहिता कसरी बनाउने,निर्वाचित भएर आउने राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रबीचको सम्बन्ध कसरी स्थापित गर्ने भन्ने विषय ऐनमा समावेश भएको हुनुपर्छ । तर अहिले आएको ऐनमा समावेश भएको पाइँदैन । ऐनमा एउटा दफा नै जवाफदेहीता पारदर्शीताको राख्नसक्छौं । अहिलेको जफावदेहिता गाह्रो छ । पहिला हामी एकतन्त्रीय व्यवस्थामा थियौं । अहिले मुलुक संघीयतासँगै तीन प्रकारका सरकार छन् । सरकारको नेतृत्व धेरैले गरेका छन् । कर्मचारीले उत्तरदायित्व वहन गर्नुपर्ने धेरै ठाउँ छन् । कर्मचारीहरुलाई आदेश धेरै ठाउँबाट आउँछ । विधेयक सकारात्मक एप्रोजमा जानुपर्छ । प्रशासनिक प्रक्रियामा कसरी नागरिकहरुको स्वामित्व स्थापित गर्ने भन्ने हो । यो सरकारी कर्मचारी नागरिकलाई सर्भिस डेलिभरीमा लाग्ने ऐनमार्फत वातावरण बनाउनुपर्छ । कर्मचारी बढुवाको विषयमा कार्यकारी सर्भिसबाट लोक सेवाले योग्यताको परिक्षण गरेर बनाएको लिष्टबाट सचिव हुनुपर्छ । अहिलेको जस्तो भद्रगोल रुपमा सचिव हुनुहुँदैन । आज बेलुका अवकास भयो भोलिपल्ट मुख्यसचिव बनाउनु हुँदैन । लोकसेवाले दिनुपर्छ ।’

नेपाल सरकारका पूर्वमुख्य सचिव विमल कोईरालाले पनि संघीय निजामती सेवा विधेयक पुरानै शैलीमा आएको बताउनु भयो । उहाँले मुलुक संघीय संरचनामा गएपनि पहिलाकै एकात्मक शासन प्रणाली मानसिकतामा ऐन बनेको बताउनु भयो । उहाँले संघीय निजामती सेवा विधेयक   किन आवश्यक भन्ने विषयमा स्पष्ट नभएको बताउनु भयो । उहाँले ऐन मुलुक संघीय संरचनामा गएपछि तीन तहका सरकारबीच तादात्मयता,पारसपरित्यता,समन्वय र सूचना प्रणाली विकासको गर्नलाई नयाँ निजामति सेवा ऐन आवश्यक भएको बताउनु भयो । उहाँले तीन तह सरकारबीचको तादात्म्यता,पारसपरित्यता,समन्वय र सूचना प्रणाली विकासको गर्नकुरा समावेश नभएको उल्लेख गर्नु भयो । उहाँले केन्द्र सरकार ठूलो हो आदेश गरेपछि सबै सरकार चल्छन् भन्ने मान्यतामा ऐन बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संघीय निजामती सेवा विधेयक २०८० किन आवश्यक भन्ने विषयमा स्पष्ट छैनौं । सरकारले नै व्याख्या गर्न सकेको छैन । यो ऐन मुलुक संघीय संरचनामा गएपछि तीन तहका सरकारबीच तादात्मयता,पारसपरित्यता,समन्वय र सूचना प्रणाली विकासको गर्नलाई नयाँ निजामति सेवा ऐन आवश्यक भएको हो । तीन तह सरकारबीचको तादात्म्यता,पारसपरित्यता,समन्वय र सूचना प्रणाली विकासको गर्न कुरा समावेश भएको छैन । अहिले पनि कर्मचारीहरुसँग एकात्मक मानसिकता छ । केन्द्र सरकार ठूलो हो आदेश गरेपछि सबै सरकार चल्छन् भन्ने मान्यतामा ऐन बनेको छ । निजामति सेवा सञ्चालन गर्ने ऐन कर्मचारीको वृद्धि विकास,सरुवा,बढुवा मात्रै समावेश भएको छ । नागरिक केन्द्रित सेवाको निम्ति जोडेको छैन । ऐनमा जनता केन्द्रित सेवा सुविधा प्रवाह गर्ने र जनताको आवाज राज्यको सेवा सुविधा प्रवाह गर्ने प्रणालीमा केन्द्रित भएको छैन ।यो कुरामा सरकार चुक्यो । कर्मचारीको वृद्धि विकासका मात्रै कुरा भएका छन् । तर काम गर्न प्रेरित कर्मचारी बनाउन आवश्यक छ ।’

उहाँले निजामति सेवा सञ्चालन गर्ने ऐन कर्मचारीको वृद्धि विकास,सरुवा,बढुवा मात्रै समावेश भएको भन्दै नागरिक केन्द्रित सेवाको निम्ती बनाउन सुझाव दिनुभयो । उहाँले ऐनमा जनता केन्द्रित सेवा सुविधा प्रवाह गर्ने र जनताको आवाज राज्यको सेवा सुविधा प्रवाह गर्ने प्रणालीमा केन्द्रित बनाउन सरकार चुकेको उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल