२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात विभागले मुलुकभर अनिश्चितकालका लागि बन्द गर्यो सबै सेवा



अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले मुलुकभरका यातायात कार्यालयबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

विभागले बुधबार बेलुका ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । विभागका अनुसार सर्भरहरुमा विद्युतीय समस्या देखिएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

विभागका प्रवक्ता, सूचना अधिकारी एवं निर्देशक डा लोकनाथ भुसालले बुधबार एक सूचना जारी गर्दै समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा जानकारी गराउनुभएको छ ।

विभागले यसअघि सवारी लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । सेवा अवरुद्ध भएसँगै सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।