१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा एकै परिवारका ३ जनाको शव फेला, आत्महत्याको आशंका



प्रतीकात्मक तस्बिर
अ+ अ-

धनुषा । जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ७मा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।

फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको घरभित्रै शव फेला परेको हो । 

गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ  ।

मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेको बताइएको छ ।