धनुषा । जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ७मा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।
फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको घरभित्रै शव फेला परेको हो ।
गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेको बताइएको छ ।