१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने



अ+ अ-

हेटौंडा । बागमती प्रदेश सभाको आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । आइतबार बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत अपराह्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी हुन् । 

एमाले विभाजन भएसँगै बागमतीका १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि विश्वासको मत लिन लागेकी हुन् ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।

बागमती प्रदेश सभाका कूल १०९ सांसदमध्ये एमालेका ४३, कांग्रेसका २२, माओवादीका २३, समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् ।

विश्वासको मत पाउन शाक्यलाई ५७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ ।