७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’
अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको बन्दीपुरस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा उहाँले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गर्नुभयो । 

राणा शासनविरुद्धको आन्दोलन उत्कर्षमा पुगिरहेका बेला पहिला वीरगञ्ज र त्यसपछि बन्दीपुरमा जनसरकार घोषणा भएको जनाउँदै उहाँले बन्दीपुर कब्जा गर्नेबेलामा पुरुषका साथमा महिला पनि उत्तिकै खटिएको स्मरण गर्नुभयो । आन्दोलनमा उत्रनेदेखि घाइतेको उपचारका लागि श्रीभद्र शर्माकी आमा र करुमाया रानासहितका महिला अग्रसर रहेको उहाँको भनाइ छ । 

विसं २००७ मा जहानीय शासनविरुद्ध आन्दोनमा उत्रनु भनेको त्यतिबेला असामान्य अवस्था भएको उल्लेख गर्दै उहाँले आन्दोलनमा उत्रनाका लागि चेतना भर्ने अगुवालाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रजातान्त्रिक आन्दोलनका लागि बन्दीपुर नेपालमै अगुवा थलो हो, यस ठाउँको एकीकृत विकासका लागि व्यवस्थित योजना नै अगाडि बढ्नुपर्छ ।”

बन्दीपुर आफै ऐतिहासिक सहर भएको र पर्यटकीय महत्व बोकेको ठाउँ भएकाले त्यहाँ थप पर्यटक आकर्षित गर्ने खालका योजना ल्याउन पनि प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारको स्रोतले नपुगेको खण्डमा सङ्घ सरकारसँग समन्वय गर्ने उहाँले बताउनुभयो ।

कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले बन्दीपुरलाई प्रजातान्त्रिक आन्दोलनको अध्ययनस्थलका रुपमा विकास गर्न सकिने भनाइ राख्नुभयो । प्रदेशसभा सदस्य डोवाटे विश्वकर्माले गोबद्र्धन पोखरेलसहितको नेतृत्वमा बन्दीपुर कब्जा गरिएको भन्दै सङ्घर्षबाट प्राप्त उपलब्धिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउनुभयो । 

बन्दीपुरमा शहीद स्मारक बाटिका निर्माण गरिएको छ । विसं २०४९ मा उद्घाटन गरिएको उक्त बाटिकमा शहीद स्तम्भ र समाधिस्थल बनाइएको छ । त्यही स्मारकमा पुगेर पोखरेलले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । कृष्णचन्द्र बन्दीपुर क्रान्तिका अगुवामध्येका एक गोबद्र्धन शर्मामा माइला छोरासमेत हुनुहुन्छ । (रासस)