७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । 

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह हुनुहुन्छ । आईतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्धय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनु भएको हो । 

पूर्वसञ्चारमन्त्री समेत रहनु भएका सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस्भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गर्नु भयो । उहाँले भन्नु भयो, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौं । यो हाम्रो प्रणाली मात्रै होईन् जीवन पद्धति पनि हो । र हाम्रा परम्पराहरु, व्यवस्थाहरुको कारणले गर्दा पनि अरुलाई हाम्रा अभ्यासहरुको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतयाः संसार भरीनै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ । यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु सभापतिज्यूसँग व्यक्तिगत भन्दा पनि आफूले प्रणालीको कुरा उठाउन चाहे । म अनुरोध गर्न चाहन्छु, सन्देश दिन चाहन्छु–अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा । त्यसको अर्थ हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काईयोस् भन्ने कुरा चाहन्छु ।’

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाईप्रति ऐक्यवद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गर्नु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताउनु भयो । सांसद गौतमले भन्नु भयो, ‘संसदीय अभ्यासमा संसद र सार्वजनिक लेखा समितिको भूमिका र यसले सम्पादन गर्नुपर्ने कार्य सम्पादनको क्षेत्रमा प्रमुख प्रतिपक्षको रोल सरकार भएपछि सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने यी दुईटा संस्थाहरुको नेतृत्व र अगुवाईको सन्दर्भमा सैद्धान्तिक अभ्यास र परम्पराको हिसावले नेकपा एमालेका तर्फबाट यी कुराहरु राखि राखेका छौं । त्यस हिसावले चाहे परादर्शिताको, चाहे जवाफदेहीताको कुरा गर्नुहुन्छ भने सरकार एउटा अथोरिटी हो भने त्यसलाई संसद वा सार्वजनिक लेखा समितिको ठाउँबाट चेक एण्ड ब्यालेन्स गर्ने विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउनका निमित्त त्यसको अगुवाई र नेतृत्व प्रमुख प्रतिपक्षले गर्नुपर्छ भन्ने कुरा म यहाँ दर्ज गर्न चाहन्छु । दोस्रो कुरा प्रमुख प्रतिपक्षको रचनात्मक भूमिकाको माग भईरहेको बेलामा हाम्रा अभ्यास र परम्परालाई फलो गरेर जानु पर्दछ ।’

यता, सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिनु भयो । उहाँले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ समेत दिनु भयो । सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरुले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढने धारणा समेत राख्नु भयो ।

सभापति शाहले विपक्षले सो कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘म २०५६ सालबाट छु–यहाँ । सायद राजीनामा गरेको मलाई थाहा छैन । मन्त्री भएपछि छोडेको तर राजीनामा गरेको थाहा छैन मलाई । तर सुन्दाखेरी सभापति विपक्षबाटै भएका छन । यसबारे मलाई धेरै भन्नु छैन । यो विषयको उठान गर्नु विपक्षको धर्म हो । यसले प्रजातन्त्र सुदृढ हुन्छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

समितिका सभापति शाहले सो सम्बन्धमा संसदमा कुरा उठाउन पनि एमालेका सांसदद्धय बास्कोटा र गौतमलाई सुझाव दिनु भयो । उहाँले यस्ता विषयहरु कुरा उठाउन विपक्षहरुको धर्म भएको टिप्पणी समेत गर्नु भयो ।