५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन आचारसंहिता नियन्त्रण गर्ने नभइ नियमनको लागि: अध्यक्ष लक्ष्मण हुमागाँई



अ+ अ-

काठमाडाैं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्ने नभइ नियमनको लागि बनाइएको बताउनु भएको छ ।बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाँईले यस्तो बताउनु भएको हो । उहाँले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सहयोग गर्ने बताउनु भयो ।

अध्यक्ष हुमागाँईले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताउनु भयो । उहाँले आजको छलफलमा विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरुलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषयको बारेमा छलफल गरिएको बताउनु भयो ।अध्यक्ष हुमागाँईले भन्नुभयो, ‘विज्ञापन बोर्डले अहिले विज्ञापनको आचारसंहिता सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । खास गरेर विज्ञापन चक्रमा सहभागी, विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम र उपभोक्ता, यो चार पक्षसँगको छलफलका क्रममा अहिले हामीलाई केही महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । विज्ञापन एजेन्सीहरुले सञ्चारमाध्यमसँग पठाउँदा कुन विधि अपनाउने ? सञ्चारमाध्यमहरुले कसरी त्यसको प्रशारण गर्ने ? उपभोक्ताको हितलाई कसरी संरक्षण गर्ने ? भन्ने विषयमा नै हामीले छलफल केन्द्रित गरेका छौँ ।

विज्ञापनको आचारसंहिताले विज्ञापनको गुणस्तर वृद्धि गर्न, विज्ञापन बजारको नियमन गर्न, विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्नको लागि मद्दत गर्छ भन्ने हामीलाई लागेको छ । विज्ञापन आचारसंहिता विज्ञापन बजारलाई अंकुशन गर्न, संकुचन गर्न, निण्न्त्रण गर्नको लागि आएको होइन, यसले खास गरेर विज्ञापन बजारमा भएका केही गलत प्रवृत्तिहरुलाई अन्त्य गर्न र विज्ञापन बजारलाई व्यवस्थित पारदर्शी बनाउनको लागि आएको हो । यसको मुख्य मोटो भनेकै विज्ञापन बजारलाई पारदर्शी बनाउनु हो । विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरु त्यसबाट ठगिनु नहुने वा उपभोक्ताहरुलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषय नै मुख्य जोड हो ।’

अध्यक्ष हुमागाँईले केही सञ्चारमाध्यमहरुलेआफू स्वनियममा बस्छु भनेपनि आफूखुशी विज्ञापनका दररेटहरु कायम गर्ने गरेको बताउनु भयो । उहाँले समस्या विज्ञापन एजेन्सीमा मात्र नभएको भन्दै सञ्चारमाध्यम र विज्ञापन दातामा पनि समस्या भएकोले यसलाई नियमन गर्न कुनै एक  पक्षको मात्रै सहभागिताले सफल नहुने बताउनु भयो ।