१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोईराला



अ+ अ-

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताउनुभएको हो ।
 
उहाँले भन्नुभयो, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उहाँले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताउनुभयो ।
 
महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।” आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उहाँले आफु बलियो उम्मेदवार रहेको बताउनुभयो ।
 
फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।”