८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य प्रशिक्षक अल्मुताइरीको असन्तुष्टि, ‘प्रशिक्षकलाई सम्मान होईन अपमान दिईयो’ (भिडियो सहित)



अ+ अ-

 काठमाडौ। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताउनुभएको छ । मुख्य प्रशिक्षक अल्मुताइलरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको बताउनुभएको हो ।

उहाँले बुधवार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा साफ च्याम्पियनको फाइनलपछि नेपाल नफर्किने घोषणा गर्नुभएको थियो । उहाँले नेपालले फाइनल यात्रा तय गरेकोमा खुशी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको बताउनुभयो ।

मुख्य प्रशिक्षक अल्मुताइरीले भन्नुभयो, ‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ, हामी परिवार हौँ, हामी एउटै परिवारका सदस्य हौँ, तपाईहरुले यस्तो बोलेर खुशी मिल्यो र ? म्याच फिक्सिङ गर्यो भनेर तपाईहरु खुशी हुनुहुन्छ, तपाईहरुलाई गर्व महशुस भयो ? म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ, म नोकर होइन, कोच हूँ, आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ, म कहिल्यै नेपाल फर्किने छैन, पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ ।’

मुख्य प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सबाट सिधा कुवेत फर्किने बताउँदै उहाँले राजीनामा दिँदा आफू खुशी नरहेको पनि बताउनुभयो ।