११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री बालकृष्ण खाण आगामी बुधबार सर्लाही जाने



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालयको भवन शिलान्यास गर्न गृहमन्त्री खाण कात्तिक ३ गते बुधबार सर्लाही जाने कार्यक्रम तय भएको छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण गर्न ९ करोड ४० लाख रुपैयाँ ठेक्का लागिसकेको छ । पहिलेकै स्थानमा भवन निर्माण गर्न लागिएको हो ।

त्यसका लागि पुरानो भवन भत्काइसकिएको छ । हाल जिल्ला समन्वय समिति साबिकको जिल्ला विकास समिति (जिविस) को कार्यालय अगाडि जिल्ला प्राविधिक कार्यालयको निर्माणाधीन भवनबाट जिल्ला प्रशासन कार्यालयको सेवा संचालन हुँदै आएको छ ।

वुधवार भवन शिलान्यास गर्न सर्लाही आउदा गृहमन्त्री खाणले जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिने कार्यक्रम छ  । गृहमन्त्री खाणले शिलान्यास गरेपश्चात भवनको निर्माण कार्य अघि बढ्ने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिए । गृहमन्त्री आउने भएपछि आईतवार  जिल्लाका सुरक्षा अधिकारीहरुले कार्यक्रमको तयारीबारे छलफल समेत गरेका छन् । यसैबीच, आफ्ना नेता समेत रहेका गृहमन्त्री खाण जिल्ला आउँदा नेपाली कांग्रेस सर्लाहीले कार्यकर्तासँग भेटघाट गराउने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको भवन शिलान्यास र कार्यालय प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम सकिएपश्चात सदरमुकाम मलंगवास्थित कुसुम पार्टी प्यालेसमा कार्यकर्तासँग भेटघाट कार्यक्रम राखिएको कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायद्वारा जानकारीमा आएको छ  ।माननीय  गृहमन्त्री खाण काठमाण्डौंबाट जनकपुरसम्म जहाजमा र त्यहाँबाट सर्लाही सम्म गाडीमै जाने कार्यक्रम छ ।