५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दलद्वारा प्रदर्शन



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदनको विरोधमा विभिन्न आठवटा पार्टीले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

उक्त एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरूले संसद‍्बाट अनुमोदन गरेको भन्‍दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेका हुन् । 

काठमाडौंको माइतीघर, त्रिपुरेश्वरबाट सुरु भएको प्रदर्शनपछि खुल्लामञ्‍चमा आमसभा आयोजना गरिएको छ । आमसभामा विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुको सम्बोधन जारी छ ।