११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् :  महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले सच्चा कम्युनिष्टले आफ्नो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताउनुभयो । उहाँले पार्टीलाई थप क्रियाशील तथा सङ्गठित बनाउँदै अघि बढिने बताउनुभयो ।

जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै उहाँले मुलुकको आर्थिक विकास र समृद्धिको मुद्दालाई जहाँ भए पनि नछोड्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा एमाले केन्द्रीय सचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको विधान अधिवेशनले पार्टी सङ्गठनलाई थप मजबुत र आगामी कार्य नीति निर्दिष्ट गरेको बताउँदै देशव्यापीरुपमा सङ्गठन सुदृढीकरण अभियानमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय  सदस्य एवम् पूर्वगृहमन्त्री खगराज अधिकारीले एमालेलाई थप सङ्गठित बनाएर आगामी निर्वाचनमा राज्यको नेतृत्व गर्न सक्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो । पार्टी पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री जगत विश्वकर्माले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सङ्गठित भएर अघि बढ्न सङ्कल्प लिनुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव दामोदर बैरागीले नेकपा एमालेको नेतृत्वको सरकारले गरेका जनपक्षीय कामलाई निरन्तरता दिनका लागि आगामी सङ्घ, प्रदेश र स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउनेतर्फ कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।