७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

बाढीपहिरो पीडितलाई सहयोग गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

बाढीपहिरो पीडितलाई सहयोग गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण
अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अनपेक्षित वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितको सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

उपराष्ट्रपति पुनले आज जारी गर्नुभएको वक्तव्यमा बाढीपहिराका कारण जीवन गुमाएका परिवारलाई उचित सहायता, घरबारविहीनका लागि घर निर्माणमा सहयोग गर्न भनिएको छ । वक्तव्यमा भनिएको छ, “म बाढीपहिराका कारण जीवन गुमाउनुभएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरविहीन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

देशभर बाढीपहिरामा परी बेपत्ता हुनुभएकाको अवस्थाका बारेमा आफू अत्यन्तै चिन्तित भएको तथा बाढीपहिरो प्रभावितको खोजमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयास अझै प्रभावकारी बन्ने विश्वास लिएको उहाँले उल्लेख गर्नुभएको छ । “बाढी पहिराको जोखिममा रहनुभएकाहरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि भइरहेको कार्यलाई तीव्र बनाउन ध्यानाकर्षण गराउँदछु,” वक्तव्यमा भनिएको छ, “विस्थापितहरुका लागि पर्याप्त राहत र घाइतेहरुको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको छु ।”

बेमौसी वर्षाबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको, सयौँ परिवार विस्थापित हुनुपरेको घटनाप्रति उपराष्ट्रपति पुनले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीपहिराका कारण ज्यान गुमाउनुभएका सबैमा श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।  

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न स्थानमा बाढी र पहिराका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनस्र्थापनामा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । 

सभामुख सापकोटाले आज जारी गर्नुभएको वक्तव्यमा विपद्का बेलामा संयुक्त पहल  र प्रत्यन्त गर्न आग्रह गर्नुभएको छ । उहाँले बाढीपहिराका कारण ठूलो धनजनको क्षति भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ ।