६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा मस्जिद नजिकै विस्फोटन, तीसको मृत्यु, ५६ घाइते



अ+ अ-

इस्लामावाद । पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । 

देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ ।विस्फोटनको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए ।

प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पिडित भएकाहरुलाई तत्कालै उद्धार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए । (रासस/सिन्ह्वा)