७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

रुख, पेन्सिल कि हँसिया हथौडामा भोट हाल्ने भनेर काँग्रेसका साथीहरुले सोधेका छन्: केपी ओली

रुख, पेन्सिल कि हँसिया हथौडामा भोट हाल्ने भनेर काँग्रेसका साथीहरुले सोधेका छन्: केपी ओली
अ+ अ-

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार प्रचण्डको नायबीमा चलेको आरोप लगाउनु भएको छ । बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्डको नायबीमा सरकार संञ्चालन भएपनि वास्तबिक पात्र पर्दा पछाडी रहेका बताउनुभयो । उहाँले भन्नुभयो, "यस्तो सरकारको के आलोचना गर्नु के टिप्पणी गर्नु ।"

उहाँले भन्नुभयो,  ‘अहिलेको जस्तो बेहाल अवस्था नेपालमा कहिले नै थिए । तीन महिनापछि विस्तार भएको मन्त्रीमण्डलमा पनि जनताले मन्त्रीलाई देख्दा अर्कोतर्फ फर्कनुपर्ने अवस्था छ।’ वर्तमान गठबन्धनलाई सत्ता जोगाउने ध्यान बाहेक देशको लागि सोच्ने समय नै नरहेको उहाँको भनाई थियो ।

ओलीले भन्नुभयो- 'आरोप अहिले सत्ता गठबबन्धनका नेता साँठगाँठ जोगाउन मात्र केन्द्रित छन् । गठबन्धनले कांग्रेसलाई भोट कुन चुनाव चिन्हमा हाल्ने भन्ने नै टुंगो भएको छैन । चितवनमा छोरीलाई जिताइयो, बाउलाई जिताइयो के पाइयो भन्ने गम्भीर प्रश्न कांग्रेस जनमा उठेको छ । यसले पनि धेरै प्रश्न उठान गर्छ ।'

उहाँले थप्नु भयो, 'अरुको त कुरै छोडौं कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन् । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर।’
एमालेको चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि जनतामा जान कांग्रेसको एजेन्डा नै नभएको बताउनुभयो ।