काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यस अघि बुटवलमा महाधिवेशन गर्ने तय भएको थियो । स्थान परिवर्तनको निर्णय बिहिबार बस्ने स्थायी कमिटीको बैठकले गर्ने एक नेताले जानकारी दिनुभयो ।
एमालेको महाधिवेशन मंसिर १०, ११ र १२ गर्ने तय भएको छ । यसैगरी कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुदैछ ।











