३२ असार २०८३, बिहीबार
,
Latest
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प हङ्गेरीः ओरबानका पूर्व विदेशमन्त्रीद्वारा संसद् पदबाट राजीनामा किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक: कार्यवाहक प्रमुख डंगोल मुक्त कमैया–कमलरीको पुनःस्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह थारू आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताः समावेशी नियुक्ति र भाषाको सवाल ओझेलमा राष्ट्र बैंक ‘माइक्रो म्यानेजमेण्ट’मा अल्झिनु हुँदैनः अर्थविद् पृथ्वीराज लिगल बजेट र मौद्रिक नीतिबीच तादात्म्यताको अभावः पूर्वगभर्नर क्षेत्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव नभएको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताउनुभयो । उहाँले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताउनुभयो ।

“हामीसँगै धेरै मात्रामा खोप छैन । बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ”, उहाँले भन्नुभयो, “चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ ।”

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराउनुभयो । गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविज विरुद्धको खोप लगाउनुपर्दछ । उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दुई तीन दिनभित्रा चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताउनुभयो ।

केही समयअघि मात्र आकस्मिक उपचारका लागि डब्लुएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले अस्पतालमा आउने बिरामीलाई रेविज विरुद्धको खोप लगाइरहेको बताउनुभयो ।

“अस्पतालमा रेविज विरुद्धको खोप लगाउने आउने सबै बिरामीलाई हामीले खोप लगाइरहेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो अस्पतालमा रेविज विरुद्धको खोपको अभाव छैन ।” उहाँका अनुसार अस्पतालमा दैनिक १८० जना रेविज विरुद्धको खोप लगाउने आउने गर्दछन् ।

अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीरकुमार अधिकारीले यही आर्थिक वर्षममा मात्र ५५ हजार ७५९ जना बिरामीलाई रेविज विरुद्धको खोप लगाइएको छ ।

आव २०८०/८१ मा ६३ हजार ८१५ जना, आर्थिक वर्ष २०८१/८२ मा ४७ हजार ५८६ जनालाई रेविज विरुद्धको खोप लगाइएको छ । रासस