१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरीको सबै स्थितिलाई हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अगाडि बढि सकेका छौं- प्रचण्ड (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको दावी गर्नु भएको छ । अध्यक्ष दाहालले जनउभार आफ्नो पार्टीको पक्षमा देखिएको उल्लेख गर्दै पहिलो बन्ने सम्भावना रहेको बताउनु भएको हो । आईतबार बिहान पोखराका स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले विगतमा आफ्नो पार्टीलाई मत नदिएर गल्ती गरेको महसुस जनताले गरेको भन्दै स्थानीय तह निर्वाचनमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

संविधान बचाउने, देश बचाउने, लोकतन्त्र बचाउने र शान्ति प्रक्रियालाई पूर्णता दिने काम माओवादीबाटै सम्भव हुने भएकाले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न सहज हुने अध्यक्ष दाहालको तर्क थियो । उहाँले स्थानीय तहको निर्वाचनमा कसैको बैशाखी टेकेर नभई आफ्नै बलमा निर्वाचनमा जाने तयारीमा लागिएको पनि दोहोर्याउनु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘अहिले जो निर्वाचनमा जाँदैछौं, २०७९ मा । देशभरीको सबै स्थितिलाई हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अगाडि बढि सकेका छौं । तपाईले हेर्नु भयो भने हाम्रो कार्यक्रममा जो उभार हामीले देखेका छौं ।

त्यो उभार हेर्दा अव माओवादी नै रहेछ देश बचाउने, संविधान बचाउने पनि । लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि । माओवादी नै हो–यो देशको उत्पीडित क्षेत्र, जाति, लिंगका समूदायलाई हेर्ने पनि । विगतमा माओवादीलाई मत नदिएर गल्ती गरिएछ भन्ने रियलाईज पनि जनताले गरेका छन । मैले पछिल्लो समय तराईका विभिन्न ५ वटा जिल्लामा जो जनताको उभार देखेँ । एउटै जिल्लामा हजार, बाह् सय शिक्षक, बुद्धिजीवि पार्टीमा प्रवेश गरेका छन । अरु थुप्र्रै जनप्रतिनिधिहरु पनि पार्टी प्रवेश गरेका छन । अवको चुनावमा कसैको बैशाखी टेकेर होईन, हामी आफ्नै बलामा चुनाव लडने तयारी गर्दैछौं ।’

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै त्यस प्रक्रियामा सामेल हुन पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले जनतासँगको सम्बन्धलाई बलियो बनाएर निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । अध्यक्ष दाहालले भन्नु भयो,

‘निर्वाचन तोकिएकै मितिमा हुन्छ । त्यसकारण सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन, त्यसको तयारीमा लाग्न म सबैलाई अपिल गर्न चाहन्छु । आफ्नै संगठनको बलमा निर्वाचनको तयारी गर्ने हो । जनतासँगको सम्बन्धलाई बलियो बनाउने हो ।’

अध्यक्ष दाहालले एमसीसी संसदबाट पारित गर्नुपर्छ भन्ने पक्षमा प्रमुख प्रतिपक्ष दल एमालेलेको पनि मत रहेको बताउनु भयो ।