७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

मुख्यमन्त्रीमा निरन्तरता दिन विभिन्न प्रलोभन आए : अष्टलक्ष्मी शाक्य

मुख्यमन्त्रीमा निरन्तरता दिन विभिन्न प्रलोभन आए : अष्टलक्ष्मी शाक्य
अ+ अ-

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीमा निरन्तर हुन आफुलाई बिभिन्न प्रलोभन आएको तर त्यसलाई आफुले अस्वीकार गरेको बताउनु भएको छ । प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले मुख्यमन्त्रीमा निरन्तरता दिन विभिन्न प्रलोभन आए पनि आफूले नैतकिताका आधारमा विश्वासको मत लिने बाटो रोजेको बताउनुभयो । 

उहाँले भन्नुभयो- “प्रदेशमा बहुमतप्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री भएपछि दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकार अल्पमतमा पर्‍यो, त्यसपछि पनि मलाई विभिन्न प्रस्ताव आएका थिए, मुख्यमन्त्रीमा निरन्तरता दिने प्रलोभनसहित ।

तर, मैले त्यसलाई स्वीकार गरिनँ । नैतिकताका आधारमा विश्वासको मत लिने बाटो रोजेकी छु ।” उहाँले दुई महिना दुई दिनको बिचमा  सरकारले गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो ।