१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा बाढी प्रभाबित पूर्वी नेपालको निरीक्षण भ्रमणमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा  बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न आज पूर्वी नेपालको निरीक्षणमा जानु  भएको छ  । बिहान ८  बजे नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री देउवा त्यस क्षेत्रमा जानु भएको हो ।

प्रधानमन्त्री  देउवा सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा जाने कार्यक्रम रहेको छ । निरीक्षण भ्रमणका क्रममा  प्रधानमन्त्री देउवाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको अवस्था बारे जानकारी लिने कार्यक्रमा पनि रहेकाे छ ।  

प्रधानमन्त्रीसंगै  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ पनि निरीक्षण भ्रमणमा जानु भएको छ ।  यसअघि प्रधानमन्त्री  देउवाले बिहीबार र शुक्रबार  सुदूरपश्चिम क्षेत्रको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नु भएको थियो । 

मनसुन सकिएलगत्तै भएको वर्षाले नेपालमा ठूलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोमा परेर ११० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने केही अझै बेपत्ता छन् । सरकारले उद्धार, राहतका कार्य गरिरहे पनि पर्याप्त राहत नपाएको जनताले गुनासो गरिरहेका छन् ।

खासगरी पछिल्लो वर्षाले किसानको धानबाली नराम्रोसँग प्रभावित बनाएको छ जसबाट अर्बौंको धान नोक्सान भएको प्रारम्भिक अनुमान सरकारी निकायहरूले नै गरिरहेका छन् ।