२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा बाढी प्रभाबित पूर्वी नेपालको निरीक्षण भ्रमणमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा  बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न आज पूर्वी नेपालको निरीक्षणमा जानु  भएको छ  । बिहान ८  बजे नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री देउवा त्यस क्षेत्रमा जानु भएको हो ।

प्रधानमन्त्री  देउवा सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा जाने कार्यक्रम रहेको छ । निरीक्षण भ्रमणका क्रममा  प्रधानमन्त्री देउवाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको अवस्था बारे जानकारी लिने कार्यक्रमा पनि रहेकाे छ ।  

प्रधानमन्त्रीसंगै  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ पनि निरीक्षण भ्रमणमा जानु भएको छ ।  यसअघि प्रधानमन्त्री  देउवाले बिहीबार र शुक्रबार  सुदूरपश्चिम क्षेत्रको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नु भएको थियो । 

मनसुन सकिएलगत्तै भएको वर्षाले नेपालमा ठूलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोमा परेर ११० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने केही अझै बेपत्ता छन् । सरकारले उद्धार, राहतका कार्य गरिरहे पनि पर्याप्त राहत नपाएको जनताले गुनासो गरिरहेका छन् ।

खासगरी पछिल्लो वर्षाले किसानको धानबाली नराम्रोसँग प्रभावित बनाएको छ जसबाट अर्बौंको धान नोक्सान भएको प्रारम्भिक अनुमान सरकारी निकायहरूले नै गरिरहेका छन् ।