२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको पालिका अधिवेशन दुई चरणमा हुने



अ+ अ-

काठमाण्डौ । गरेको नेकपा एमाले पालिका अधिवेशन दुई चरणमा हुने भएको छ । शनिबार ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको एमालेले पर्सि हुने पालिका अधिवेशन दुई चरणमा गर्ने भएको हो ।

एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बाढी पहिरो तथा डुबानका कारण पालिका अधिवेशन पनि एकैदिन नहुने बताएका छन् । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा ९ गते पछाडि अधिवेशन हुने भएपनि अरु ठाउँमा भने तोकिएको मिति अर्थात पर्सि ९ गते नै हुने उनले बताए । 

यस्तै, हिजो वडा अधिवेशन हुन नसकेका  बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा आउँदो १५ गतेसम्ममा अधिवेशन सक्ने एमालेको तयारी छ । रोकिएका धेरैजसो वडामा आउँदो शुक्रवार अधिवेशन हुने र बाँकी रहेका वडामा १५ गतेसम्ममा गरिसक्ने तयारी भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

हिजो ६ हजारभन्दा धेरै वडामा वडा अधिवेशन भएको छ । अधिवेशन भएका वडाको विवरण सङ्कलन भइरहेको छ । वडा अधिवेशन भएका सबै ठाउँमा सर्वसम्मत भएको एमालेले जनाएको छ । एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप हिजो पहिलो चरणमा वडा अधिवेशन गरेको हो ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।