२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनदेखि मधेशी नेताहरुसँग परामर्श गर्दै प्रचण्ड



file photo
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रदेश २ का केन्द्रीय सदस्यहरूसँग छलफलमा जुटेका छन् । आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा हिजोदेखि अध्यक्ष प्रचण्ड  प्रदेश २ का केन्द्रीय सदस्यहरूसँग छलफलमा जुटेका हुन् । 

प्रदेश २ मा देखिएको सांगठनिक विवाद समाधानका लागि शनिबारदेखि आजसम्म बैठक जारी छ। २७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा नारायणकाजी श्रेष्ठ लगायत पार्टीका वरिष्ठ नेताहरू पनि उपस्थित छन्। 

प्रदेश २ मा गणेश साह माओवादीका इन्चार्ज छन् । विश्वनाथ साह र महेन्द्र पासवान सह-इन्चार्ज रहेका छन् भने अध्यक्षमा प्रह्लाद बुढाथोकी रहेका छन् । 

मधेसमा माओवादी केन्द्रको सांगठनिक अवस्था र असन्तुष्ट नेताहरूको बारेमा परामर्श गर्नका लागि प्रचण्डले प्रदेश नं. २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन्।