१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु



अ+ अ-

डडेल्धुरा । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । 

राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो । करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ । राजमार्ग सञ्चालन गर्न आजदेखि डोजर भत्किएको ठाउँमा पुगेर काम सुरु गरिएको सडक डिभिजन कार्यालय डोटीले जानाएको छ ।

सडकमाथि ठूलो चट्टान छ । चट्टानभन्दा केही माथि गाउँ रहेको छ । चट्टान काटेर सडक बनाइने सडक डिभिजन कार्यालयको योजना भए पनि स्थानीयले काट्न दिएका थिएनन् । स्थानीयले काममा अवरोध गरेपछि आज चट्टानभन्दा मुनितिरबाट सडक बनाउन थालिएको कार्यालयले जनाएको छ । 
    
चट्टानमुनितिरबाट सडक बनाउन निकै कठिन रहेको जनाइएको छ । खोलातिरको भाग भाँसिदै गएको छ भने माथिबाट चट्टान खस्ने सम्भावना भएकाले काम गर्न निकै गाह्रो भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताउनुभयो । 

आज बिहानदेखि सडक बनाउन थालिएको हो । पहिरो खसेको पूर्वसकायलतर्फबाट पनि डोजर लगाइने जनाइएको छ । तल नभाँसिएमा र माथिबाट पहिरो नखसे आज बेलुकी वा सोमबारसम्म राजमार्ग सञ्चालन हुने सम्भावना छ । नभए केही दिन अरु लाग्ने उहाँले बताउनुभयो ।

रडुवाखोलमा खसेको पहिराका कारण अहिले यात्रु रडुवाबाट माथिपट्टी गन्यापधुराको गाउँ भएर पैदल ओहोरदोहोर गरिरहेका छन् । पहिरो खसेको स्थानबाट पैदल आवतजावत पनि गर्न सकिएको छैन । डडेल्धुरालगायत अन्य स्थानबाट रडुवासम्म मात्रै गाडी सञ्चालनमा छन् । त्यहाँबाट सकायलसम्म पैदल हिँडेपछि डडेल्धुरा, डोटी, अछाम र बाजुरा जाने गाडी पाइने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस