३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु



अ+ अ-

मोगादिसु । सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना यहाँको राष्ट्रिय सेनाका सदस्य रहेका छन् । सोमालियाली सेनाका एक अधिकारीले सो भिडन्तका क्रममा अरु ४० जना विद्रोही घाइते भएका बताएका छन् । 

शनिबार बिहान सोमाली सेनाले सहयोग गरेको गालमुदग समूह र यहाँको इस्लामिक विद्रोही समूहका बीचमा लामो समयसम्म भिडन्त भएको थियो । भिडन्तपछि कतिपय इस्लामिक विद्रोही समूहका उच्च तहका कमाण्डरहरु पनि मारिएको बताइएको छ । सो नगरमा यसअघि विद्रोहीले कब्जा गरेको जनाएका थिए । सो कब्जाबाट छुटाउनका लागि यहाँको सेनाले पनि आफ्नो समर्थनको सशस्त्र समूहलाई अघि सारेको थियो । 

शनिबारको लामो भिडन्तपछि उक्त नगर विद्रोहीको कब्जाबाट फिर्ता लिइएको सोमाली सेनाले जनाएको छ । सो नगरमा पहिले पनि यस्तै प्रकारको भिडन्त हुँदा दर्जनौँ मानिसको ज्यान गएको थियो । (रासस-सिन्ह्वा)