१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभा बैठक स्थगित गर्न सभामुखसमक्ष एमालेको पत्र



अ+ अ-

विराटनगर । नेकपा एमाले संसदीय दलले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक भएको प्रदेश १ सभाको आजको बैठक स्थगित गर्न माग गरेको छ ।

एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई पत्र लेख्दै कात्तिक १५ सम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज (आइतबार)को बैठकमा मतदान गर्ने कार्यसूची तय भएको थियो ।

यता नेपाली कांग्रेसले आफ्ना केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको थियो ।