१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः भारत र पाकिस्तानबीचको खेल आज



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । 

युएई र ओमानमा संयुक्त रुपमा आयोजित क्रिकेट प्रतियोगितामा आज विश्वकै नजरमा रहेको भारत र पाकिस्तानबीचको खेल पनि हुँदैछ । 

दुबई इन्टरनेशनल क्रिकेट रंगशालामा हुन लागेको भारत र पाकिस्तानबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। भारत र पाकिस्तानबीच क्रिकेट खेललाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ।

सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । 

इतिहास हेर्दा भारतले पाकिस्तानविरुद्ध टी–ट्वान्टी विश्वकप अन्तर्गत अहिलेसम्म खेलेका सबै (पाँच खेल) आफ्नो पक्षमा पारेको छ  । यस पटक पाकिस्तान भारतसँगको हारको यात्रामा पूर्णविराम लगाउने लक्ष्यका साथ मैदानमा उत्रनेछ । 

सन् २००७ मा आयोजना भएको पहिलो टी–ट्वान्टी विश्वकपमा  भारत च्याम्पियन बन्दा पाकिस्तान उपविजेता बनेको थियो । पाकिस्तानले सन् २००९ को उपाधि जितेको थियो । 

त्यस्तै, आज नै बंगलादेश र श्रीलङ्काबीच पनि खेल हुँदैछ । सो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।