१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिनुपर्छ : महिलामन्त्री रेग्मी



अ+ अ-

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बताउनु भएको हो । 

आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले त्यसका लागि स्थानीय सरकारसँग तथ्यांक लिएर मन्त्रालयसँग सरोकार राख्ने महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतलाई के गर्न सकिन्छ भन्ने विषयमा ठोस निर्णय लिने जानकारी समेत दिनुभयो । मन्त्री रेग्मीले विपद्ले थप पीडामा परेका सुत्केरी, नवजात शिशुको स्तनपान, गर्भवती महिलालगायतलाई तत्काल राहत दिने काम भने स्थानीय सरकारको भएको पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नु भयो, ‘महिला, बालबालिकाहरु हरेक प्रकोपमा बढि प्रभावित हुन्छन् । कोभिड १९ मा पनि महिला, बालबालिका बढि प्रभावित भए । अहिले बाढी, पहिरो, भुकम्प जे मा पनि उनीहरु धेरै प्रभावित भएका छन् । सरकारले गर्दा समग्रतामा गर्ने हो । स्पेसिफिक होईन । जहाँसम्म हाम्रो मन्त्रालयको सरकारको कुरा छ, अब त्यस्तो सत्यतथ्य कति छन् ? कति महिलाहरु प्रभावित भए ? कति बालबालिकाहरु प्रभावित भए ? भन्ने कुरा हामी बल्लबल्ल म छिरेको धेरै दिन भएको पनि छैन । अहिले पनि हामी त्यहीँ छलफल गर्दै थियौं, मन्त्रालयमा केही दिन सकिन्छ कि भनेर । गर्ने स्थानीय सरकारले हो । त्यसको तथ्यांक संकलन गरेर स्थानीय सरकारले दिएर यो त स्थानीय सरकार अहिले त अहिले त सबै केन्द्रिकृतको कुरो पनि होईन । तीन तहका सरकारहरु छन । र त्यसको बढि दायित्व चाँही स्थानीय सरकारको हो । त्यो हुँदाहुँदै पनि कति रहेछ ? त्यसको तथ्यतथ्य आँकडा स्थानीय सरकारसँग लिएर त्यसमा के गर्न सकिन्छ ? त्यो कुरा चाँही छलफल गर्दैछौं ।’

मन्त्री रेग्मीले सरकारले स्थलगत अवलोकन गरेरै बाढी, पहिरो, डुबान प्रभावितहरुलाई राहत दिने तयारी गरेको र त्यसका लागि प्रधानमन्त्री आफैं स्थलगत अवलोकनमा जाने काम गरिरहनु भएको स्मरण गराउनु भयो । उहाँले विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न स्थानीय सरकारहरुलाई आग्रह समेत गर्नु भयो ।