१५ असार २०८३, सोमबार
,
Latest
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-कानून व्यवसायी छलफल: प्रधानन्यायाधीश राणालाई हटाउन सबै अस्त्र प्रयोग गरिने



अ+ अ-

काठमाडौं । केही दिन अघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग उहाँकै सरकारी निवासमा गएर भेट गर्नु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले  राणालाई हटाउन सबै अस्त्रको प्रयोग गर्न पार्टी निकट कानून व्यवसायीलाई निर्देशन दिनु भएको छ ।

यो पनि पढ्नुहोस – प्रधानन्यायाधीश राणा र प्रचण्डबीचको भेटघाटले उत्पन्न गराएको आशंका

आइतबार साँझ गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी  एशोसिएसनमा आबद्ध केही कानून व्यवसायीसँग दाहालले राणालाई कुनै पनि हातलमा हटाउनु पर्ने र त्यसका लागि आवाज उठाएकाहरुलाई आफूहरुले पनि साथ दिने बताउनु भएको  छलफलमा सहभागी एक कानून व्यवसायीले न्युजपोलारलाई जानकारी दिए ।  उनले भने, राणालाई हटाउन बार एशोसिएसनलाई क्रियाशील गराउने न्यायाधीश, पूर्व न्यायाधीश लगायत जो जसले आवाज उठाएका छन् उनीहरुलाई साथ दिने काम हुन्छ ।  

छलफलमा राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ लगायका ८  कानून व्यवसायीहरु सहभागी थिए । छलफलमा राणालाई हटाउने, त्यसपछि एउटा उच्चस्तरीय आयोग बनाई उनको पालामा भएका अनियमितताका बारेमा छानबिन गरी सके भ्रष्टाचारमा समेत मुद्दा चलाउनु पर्ने विषय समेत उठेको थियो ।

छलफलमा संवैधानिक परिषद् सम्बन्धी मुद्दा तत्काल निरुपण गर्ने, नियुक्तिहरु खारेज गराउने देखि विभिन्न नेताहरुको अदालतमा विचाराधीन मुद्दा पनि सकारात्मक रुपमा कसरी टुंग्याउन सकिन्छ भन्ने बारेमा परामर्श भएको थियो । हालको समस्याको एक मात्र दोषी  प्रधानन्यायाधीश राणा नै भएको भन्दै अध्यक्ष दाहाल लगायत अन्य कानून व्यवसायीले राणा केही दिन बिदामा बसे अन्य न्यायाधीशहरुबाट यो विषयमा निकास खोज्नु पर्ने विषयमा पनि छलफल गरेका थिए ।