१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर बस दुर्घटना अपडेटः २ जनाको मृत्यु



अ+ अ-

पाँचथर । पाँचथरमा भएको बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

यस्तै बसमा सवार ६० जनाभन्दा बढी घाइते भएका छन् । 

फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज करिब साढे ११ बजे फिदिम–४ सरखण्डेमा दुर्घटना हुन पुगेको हो । 

घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ४४ सिट क्षमता भएका बसमा ६० भन्दा बढी सवार भएपछि बस दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।