२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर बस दुर्घटना अपडेटः २ जनाको मृत्यु



अ+ अ-

पाँचथर । पाँचथरमा भएको बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

यस्तै बसमा सवार ६० जनाभन्दा बढी घाइते भएका छन् । 

फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज करिब साढे ११ बजे फिदिम–४ सरखण्डेमा दुर्घटना हुन पुगेको हो । 

घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ४४ सिट क्षमता भएका बसमा ६० भन्दा बढी सवार भएपछि बस दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।