२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत र पुनस्र्थापना प्याकेज घोषणा गर्न किसानहरुको माग



अ+ अ-

सुदूरपश्चिम । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । 

सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागी तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । आइतवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतीपूर्तीको माग गरिएको हो ।

ज्ञापन पत्र बुझाउँदै कृषक संगठनहरुले कृषि संकटग्रस्त क्षेत्र घोषणा, प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन, क्षतिपुर्ति तथा किसानलाई तत्काल उचित राहत, घाइतेहरुको  स्वास्थ्योपचार तथा बसोबास गुमाएकाहरुलाई उचित बसोबासको व्यवस्था, कृषि पेशा सुरक्षाको लागी बाली र  पशुधन विमा कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशबहादुर थापाले बाढी पहिरो पीडित किसानहरुको लागी तत्काल प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री विनिता चौधरीले तथ्यांक संकलन गरिरहेको र तथ्यांक आइसकेपछि किसानको लागी राहत प्याकेज र हिउँदे बालीको लागी अनुदानमा बिउविजन तथा मलखाद उपलव्ध गराउने बताउनुभयो ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, खाद्य अधिकार संजाल, केरा उत्पादन तथा प्रबद्र्धन जिल्ला सहकारी कञ्चनपुर, मुख्यमन्त्री नमुना कृषि गाउँ(केरा) कृषक समन्वय समिति कञ्चनपुर, गैसस महासंघ नेपाल, भूमि अधिकार मञ्च कैलाली लगायत कृषि संघ संगठनहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए । गत असोज ३१ गते देखी निरन्तर परेको बर्षाले कैलाली कञ्चपुरमा मात्रै ३ अर्वको धानबालीमा क्षति गरेको जनाइएको छ ।