१५ असार २०८३, सोमबार
,
Latest
जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ । 

आइतबार महानगरीय अपराध महाशाखाबाट खटीएको बिशेष अनुसन्धान टोलीले काठमाडौं चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रेका २६ वर्षीय युवक लामा, नुवाकोटका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभाका २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोकका २० वर्षीय सुभाष गिरी र रसुवाका २० वर्षीय दावा घले रहेका छन् । 

उनीहरुलाई आवश्यक कारबाहीको लागी सोमबार जिल्ला बन कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।